Logo

उपेन्द्रसँग मतान्तर घटाउँदै जनमतका कुशवाहा



काठमाडौं, १२ वैशाख । बारा-२ मा जनता समाजवादी पार्टीका अध्यक्ष तथा उम्मेद्‍वार उपेन्द्र यादवसँग जनमत पार्टीका उम्मेद्‍वार शिवचन्द्र कुशवाहले मतान्तर घटाएका छन्।

प्राप्त मत परीणाम अनुसार यादवले १८ हजार ८०८ मत पाउँदा जनमतका कुशवाहले १५ हजार ४५८ मत पाएका छन्।

उनीहरुबीच ३,३५० को मतान्तर रहेको छ।

यस्तै, एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५ हजार ५६३, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २२६८ र आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार १० मत ल्याएका छन्।



प्रतिक्रिया दिनुहोस्