Logo

परिवर्तन उल्ट्याउन खोज्ने सबै प्रकारका प्रयत्नलाई असफल पार्नुपर्छ : गृहमन्त्री श्रेष्ठ



काठमाडौं, १२ बैशाख । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले परिवर्तन उल्ट्याउन खोज्ने सबै प्रकारका प्रयत्नलाई असफल पार्नुपर्ने बताएका छन्।

मंगलबार गोरखाको भूकम्पको केन्द्रविन्दु बारपाकमा आयोजना गरेको भूकम्प स्मृति दिवस कार्यक्रममा बोल्दै मन्त्रीश्रेष्ठले परिवर्तन उल्ट्याउन खोज्ने सबै प्रकारका प्रयत्नलाई असफल पार्नुपर्ने बताएका हुन्।

उपप्रधानमन्त्री श्रेष्ठले कुनै भ्रममा नपरी गलत प्रवृत्तिलाई असफल पार्नुपर्नेमा जोड दिँदै भने, ‘नेपालमा राजनीतिक पार्टीले युगान्तकारी परिवर्तनका लागि संघर्ष गरेका छन्। संविधानसभाबाट संविधान बनाएर परिवर्तनको संस्थागत विकास भयो। यसलाई उल्ट्याउन खोज्ने सबै प्रकारका प्रयत्नलाई असफल पारेर महान उपलब्धिको रक्षा गर्नु आवश्यक छ।’



प्रतिक्रिया दिनुहोस्