Logo

बारा-२ : २० हजार मत कटाए यादवले, मतान्तर घटाउँदै कुशवाहा



काठमाडौं, १२ बैशाख । प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत भइरहेको मतगणनामा बारा-२ मा जनता समाजवादी पार्टीका अध्यक्ष तथा उम्मेद्‍वार उपेन्द्र यादवसँग जनमत पार्टीका उम्मेद्‍वार शिवचन्द्र कुशवाहाले मतान्तर घटाएका छन्।

प्राप्त पछिल्लो मत परीणाम अनुसार यादवले २० हजार ४६३ मत पाउँदा जनमतका कुशवाहाले १७ हजार ७९८ मत पाएका छन्।

उनीहरुबीच २ हजार ६६५ को मतान्तर रहेको छ। यसअघिको मतपरीणाममा ३ हजार ३५० को मतान्तर रहेको थियो।

यस्तै, एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ६ हजार १२१, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ४६६ र आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार १७७ मत ल्याएका छन्।



प्रतिक्रिया दिनुहोस्