Logo

दुर्गा प्रसाईँलाई कर तिर्न १५ दिने म्याद



काठमाडौं, १३ वैशाख । आन्तरिक राजश्व कार्यालय भद्रपुर झापाले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा १५ दिने ‘अल्टिमेन्टम’ जारी गरेको छ ।

नागिरक बचाउ अभियानका संयोजकसमेत रहेका प्रसाईँले आयकर नतिरेको भन्दै आराका भद्रपुरले उनी र इन्दिरा गिरीको नाममा पत्र काटेको हो ।

प्रसाईँ र गिरीको नाममा रहेको वि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर लगायत ३६ वटा कम्पनीलाई कर कार्यालयले १५ दिने अल्टिमेन्टम दिएको छ ।



प्रतिक्रिया दिनुहोस्