Logo

फिनल्याण्ड बसेर नेपाली विद्यार्थी ठग्दै गाउँपालिका अध्यक्षका छोरा



काठमाडौं, १३ वैशाख । फिनल्याण्डमा बस्दै आएका रमेश लामिछानेले नेपाली विद्यार्थीलाई ठगी गरेको पाइएको छ । उनी नवलपरासीको हुप्सेकोट गाउपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेका छोरा हुन् । रमेशले नेपालीलाई विद्यार्थी भिसामा बोलाएर पछि काममा लगाइदिने भन्दै विभिन्न व्यक्तिहरुबाट लाखौं ठगी गरेको खुल्न आएको हो ।

नेपालीहरुलाई गैरकानुनी रुपमा फिनल्याण्ड बोलाउने र वर्किङ भिसाको प्रलोभनमा लाखौं ठगी गर्ने कार्यमा उनी संलग्न रहेको खुल्न आएको छ । फिनल्याण्डमा अध्यनका लागि कन्सल्टेन्सीबाट मात्रै जान पाइने भएपनि उनले गैरकानुनी रुपमा नेपालीलाई बोलाउने र प्रभोलभनमा परी गठी गर्ने गरेका छन् ।

रमेशबाट जोगिन भन्दै एनआरएन नेशनल काअर्डिनेसन काउन्सिल फिनल्याण्ड सूचनानै जारी गरेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्