Logo

कतारविरुद्ध निरिह नेपाल,खराब प्रदर्शन गर्दै गुमायो पाँचौं विकेट



काठमाडौं,१४ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध रन जोड्न निक्कै संर्घष गरिरहेको छ ।

नेपालले लगातार विकेट गुमाउने क्रममा निक्कै आशलाग्दा खेलाडी कुशल मल्ललाई ३ रनमा गुमाएको छ ।
मल्लालाई कतारका खेलाडि ववीस अहमह्ले आउट गारएका छन् ।

ओमानविरुद्धको खेलमा १०८ रनको कीर्तिमानी शतक प्रहार गरेका मल्ल आउट भएसँगै नेपाल थप दबाबमा परेको छ ।

तुलनात्मक रुपमा कमजोर मानिएको कतारविरुद्ध नेपालले ३।३ ओभरमा ९ रन जोडेर दुई विकेट गुमाएको थियो । कुशल भुर्तेत ८ बल खेल्दै २ रन बनाएर आउट हुँदा भिम सार्की १२ बलमा ६ रन बनाएर आउट भएकोमा १३औं ओभरमा आसिफ शेखपनि आउट भएका थिए ।

ताजा अवस्थामा नेपाल १८।२ ओभरमा पाँच विकेटको क्षतिमा ७३ रन बनाएर खेलिरहेको छ । file photo



प्रतिक्रिया दिनुहोस्