Logo

कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा थकाली नियुक्त



काठमाडौं, १४ वैशाख । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिनेश थकाली नियुक्त भएका छन् । थकाली आगामी चार वर्षका लागि कार्यकारी प्रमुखमा नियुक्त भएका हुन् । उनले आज (बिहीबार) बाट कार्यभार सम्हाल्ने बताइएको छ ।

चार्टर्ड एकान्टेन्टसमेत रहेका थकालीसँग यस अघि अन्य संस्थाहरुको नेतृत्व गरिसकेको अनुभवसमेत छ । उनी यसअघि प्रभु क्यापिटलको प्रबन्ध निर्देशक र सांग्रिला डेभलपमेन्ट बैंकको कामु प्रमुख कार्यकारी अधिकृत भएर काम नेतृत्व सम्हालिसकेका छन् ।

थकाली लोन व्यवस्थापन, निक्षेप बजारीकरण र पुँजी बजारको ज्ञातासमेत मानिन्छन् ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्