काठमाडौं,१४ वैशाख । साताको अन्तिम कारोबार दिन आजपनि सेयर बजार ओरालो लागेको छ ।
आज (बिहीबार) नेप्से २.२५ अंकले घटेर १८८९.७५ बिन्दुमा झरेको छ ।
नेप्सेमा आज कूल २१ लाख ७४ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ७३ करोड ९६ लाख बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा १३ वटा उपसूचकमध्ये २ उपसूचक बढेको छ भने अरु सबै उपसूचक घटेको छ ।