Logo

राजनीतिबाट दिक्क माधव नेपाल , भन्छन्– ‘सन्यास लिने सोच्दै छु’



काठमाडौं, १५ वैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सक्रिय राजनीतिबाट बाहिरिने संकेत गरेका छन् । आज (शुक्रबार) जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आगामी महाधिवेशनबाट युवालाई पार्टीको नेतृत्व सुम्पिएर सक्रिय राजनीतिबाट विश्राम लिने सोचमा रहेको बताएका हुन् ।

अब हुने पार्टीको महाधिवेशनबाट म सन्यास लिने सोच्दै छु । पार्टीमा यु्वाहरुलाई अवसर दिनुपर्छ । पार्टीभित्र रहनुभएको ७० वर्ष उमेर पुरा हुनुभएका नेताहरुलाई पनि सन्यास लिन आग्रह गर्दछु,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्