Logo

अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको निर्णयमा माधव नेपालको विरोध



काठमाडौं,१५ वैशाख । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले गरेको अयोग्य लडाकुलाई दुई-दुई लाख दिने निर्णयको विरोध गरेका छन् ।

आज (शुक्रबार) समाजवादी प्रेस संगठन धनुषाले जनकपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले मुलुक आर्थीक संकटसँग गुज्रिरहेको अवस्थामा देशको ढुकुटी रित्तो बनाउने गरि अयोग्य लडाकुको नाममा करोडौं रकम खर्च गर्नु गलत रहेको बताए ।

उनले सरकारको उक्त निर्णय आफु र गठवन्धनमा आवद्ध धेरै व्यक्तिलाई जानकारी नभएको भन्दै उक्त विषयलाई सरकारले स्पष्ट पार्न जरुरी रहेको बताए ।
एक फरक प्रसंगमा नेता नेपालले छिट्टै मुलुकमा शसक्क्त रुपमा भूमीका निर्वाह गर्नेगरी समाजवादी मोर्चाको गठन हुने बताए ।

उपनिर्वाचनको परीणामले पुराना पार्टीहरुले गम्भिर भएर सोच्नुपर्ने अवस्थाको सिर्जना गराएको भन्दै नेता नेपालले मुलधारका पार्टीहरु समयमै गम्भिर समीक्षासहित नसुध्रने हो भने जनातले विकल्प खोज्न सक्ने बताए ।



प्रतिक्रिया दिनुहोस्