Logo

गण्डकीका मुख्यमन्त्री पाण्डेसहित दुई मन्त्रीले लिए शपथ



काठमाडौं,१५ वैशाख । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित दुई मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।
पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनियताको शपथ गराएका हुन् ।

पाण्डे हिजो गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
उनलाई नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,एकीकृत समाजवादीको समर्थन रहेको छ ।

यसअघी मुख्यमन्त्री रहेको नेकपा एमालेका नेता खगराज अधिकारीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि पाण्डे नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।

पाण्डेसँगै सत्तारुढ घटक माओवादीबाट शुशिला सिंखडा र कांग्रेसबाट सरस्वती अर्यालले पनि मन्त्रीको शपथ लिएका छन् । उनीहरूको मन्त्रालय भने तोक्न बाँकी छ । file photo



प्रतिक्रिया दिनुहोस्