Logo

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ



काठमाडौं,१५ वैशाख । लुम्बिनी प्रदेश सरकारमा नियुक्त भएका तीन मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

आज मन्त्रीको शपथ लिने हरुमा माओवादी केन्द्रबाट  धनबहादुर मास्की,नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी, लोसपाबाट सन्तोष पाण्डे छन्  । उनीहरूको मन्त्रालय भने टुंगिएको छैन ।

मास्की दाङ क्षेत्र नं ३ ख बाट निर्वाचित हुन् भने लोसपाबाट मन्त्री बनेका पाण्डे रूपन्देही २ बाट र नागरिक उन्मुक्तिका चौधरी बर्दियाबाट निर्वाचित भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्