Logo

‘अयोग्यले दुई लाख पाउने हो भने योग्यले कति पाउने ?’



काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले सरकारले अयोग्य माओवादी लडाकुलाई पैसा दिने निर्णयको विरोध गरेका छन् । आज (शुक्रबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद खतिवडाले अहिले आर्थिक संकट आइपरिरहेको बेला सरकारले अयोग्यका नाममा रकम बाँड्ने काम बन्द गर्न पर्ने बताएका हुन् ।

उनले अयोग्यलाई त दुई लाख दिने, योग्यलाई चाहिँ कति दिने ? भन्दै संसद्मा प्रश्नसमेत गरे । ‘अहिले चर्चामा आएको विषय छ, अयोग्य लडाकुको बारेमा । सबै देशका नागरिक योग्य छन् । अयोग्यले त दुई लाख पाउने हो भने योग्यले कति पाउने ? सरकारले निर्णय गरोस् । अयोग्यलाई होइन, योग्यलाई पनि निर्णय गरोस् भनेर अनुरोध गर्न चाहन्छु । आर्थिक अवस्था कमजोर भइरहेको बेलामा अयोग्यको नाममा सरकारले रकम दिने काम बन्द गर्नुपर्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्