Logo

‘फरार अभियुक्तलाई विरामी छ भनेर निर्णय कसरी गर्नु ?’



काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रमेश लेखकले एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीलाई विरामी भनेर स्विकार्न नसकिने बताएका छन् ।

आज (शुक्रबार) को प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै लेखकले कोइरी विरामी भनेर छन् भन्ने जगहँसाई भएको बताएका हुन् ।

‘स्थापित तथ्यमा पनि सभामुखबाट उहाँ विरामी हुनुहुन्छ भन्ने यो भन्दा ज्याद जगहसाई के होला ? यस्तो प्रस्ताव कसरी आयो ? कसरी सम्मानित सदनबाट सभामुखलाई वाचन गर्न लगाइयो ? एकछिनका लागि त हामी चुप लाग्दिम्ला केही छैन । एउटा सदन प्रतिनिधि सभामा बसेर फरार अभियुक्तलाई विरामी छ भनेर निर्णय गरेर घर गए भन्छन्,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्