Logo

महावीर पुनको धर्ना कार्यक्रमलाई राप्रपाको समर्थन



काठमाडौं,१६ वैशाख । राप्रपाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सुरु गरेको अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन र धर्ना कार्यक्रममा समर्थन र ऐक्यबद्धता प्रकट गरेको छ।

आज बिहान पार्टीका निर्देशन समितिका अध्यक्ष डा।प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपाको टोलीले धर्ना स्थलमा पुगेर पुन र धर्नारत आविष्कार केन्द्रको टोलीलाई भेटेर आफ्नो संस्थागत समर्थन जनाएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

धर्ना स्थलमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्षहरु, अन्य पदाधिकारीहरु, संघ र प्रदेशका उपलब्ध सांसदहरू, भातृ संगठनका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु पुगेका थिए ।

आफ्ना मागहरूसहित धर्नामा बसिरहेका महावीर पुन र आविष्कार केन्द्रका टोलीसँगको भेटमा निर्देशन समितिका अध्यक्ष डा लोहनीले मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिका लागि खोज, अनुसन्धान, नवीन सोच र आविष्कार अपरिहार्य विषय भएको बताउँदै पुन र आविष्कार केन्द्रले उठाएका विषय र मागहरू जायज भएको बताए ।

आविष्कार केन्द्रका पुनले आफ्नो अभियानमा संस्थागत उपस्थिति र ऐक्यबद्धता जनाएकोमा राप्रपालाई धन्यवाद ज्ञापन गर्दै अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा राजनीतिक दलका बीच साझा धारणा र एकताबद्ध प्रयास हुनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्