Logo

राप्रपा अध्यक्ष लिङदेन भन्छन् : अरु पार्टीको रङ स्पष्ट छ तर रास्वपाको छैन



काठमाडौं, १६ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अन्य दलहरुको रङ स्पष्ट भएको तर राष्ट्रिय स्वतन्त्र पार्टीको रङ भने स्पष्ट नभएको जिकिर गरेका छन्।

राप्रपाको लुम्बिनी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न शनिबार कपिलवस्तुमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले अन्य दलहरुको रङ स्पष्ट भएको तर राष्ट्रिय स्वतन्त्र पार्टीको रङ भने स्पष्ट नभएको जिकिर गरेका हुन्।

उनले भने, ‘कांग्रेस, एमाले, माओवादी, राप्रपा के हो, रङ प्रष्ट छ, त्यसलाई मन पराउने नपराउने छान्ने अधिकार जनतामा छ, तर रास्वपाको रङ प्रष्ट छैन।’

रास्वपासँग डराउनुपर्ने स्थिति राप्रपाको नभएको भन्दै उनले भने, ‘रास्वपाले २ वटा सीटमा राम्रो मतान्तरसहित जित हात पार्‍यो, यसले आमजनता परिवर्तनको पक्षमा जान थाल्यो भन्ने कुरालाई प्रमाणित गरेको छ।’



प्रतिक्रिया दिनुहोस्