Logo

मिटरव्याजपीडितहरूले अब छिट्टै न्याय पाउने गृहमन्त्री श्रेष्ठको दावी



काठमाडौं,१७ वैशाख । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजपीडितहरुले अब छिट्टै न्याय पाउने बताएका छन् ।

मिटरव्याजपीडितहरूलाई न्यायका लागि गठित जाँचबुझ आयोगको केन्द्रीय कार्यालय जनकपुरधाममा उद्घाटन गर्दै उनले भने ‘मिटरव्याजपीडितहरूलाई न्याय र पीडकहरूलाई कानूनी कारबाही गर्न यो कार्यालय स्थापना भएको छ ।’

उनले पीडकको पक्षमा भूमिका खेल्नेहरुलाई पनि कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् । पीडित पीडित नै हो । त्यो कुनै पार्टीको भनेर म चिन्दिनँ, सरकार चिन्दैन’श्रेष्ठले भने, ‘कुनै पार्टीको नेता, पहुँचवाला व्यक्ति वा कसैले पनि मिटरब्याजी पीडकहरुको पक्षमा भूमिका खेल्न खोज्यो भने उनीहरुलाई पनि कारबाहीको दायरामा ल्याइने छ ।’

यसैबीच मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगको केन्द्रीय कार्यालय जनकपुरधाममा स्थापना भएको छ । एक कार्यक्रमकाबीच कार्यालयको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका हुन् ।

मिटरब्याज पीडित काठमाडौं पुगेर आन्दोलन गरेपछि ०७९ चैत्र २० मा सरकारले जाँचबुझ आयोग गठन गरेको थियो । विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्की आयोगका अध्यक्ष छन् भने उत्तम बहादुर सुवेदी र गणेशबाबु अर्याल सदस्य छन् ।

file photo 



प्रतिक्रिया दिनुहोस्