Logo

महावीर पुनले सडकमा उभिनुपर्ने अवस्था आउनु राम्रो होइन– विश्वप्रकाश शर्मा



काठमाडौं, १७ वैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनको माग सम्बोधन गर्न सरकार समक्ष आग्रह गरेका छन् ।

नेपाल विद्यालय कर्मचारी परिषद्ले ललितपुरमा आयोजना गरको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुनका माग सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ सँग सार्वजनिक रुपमै अपिल गरेका हुन् । राज्यले सम्मान गनुपर्ने व्यक्ति सडकमा उभिन पर्ने अवस्था आउनु राम्रो पक्ष नभएको उनको भनाई छ । साथै, यस विषयमा आफूले प्रधानमन्त्री प्रचण्डसँगको भेटमा ध्यानाकार्षण गराइसकेको पनि उनले बताए । सरकार यो विषयमा गम्भीर हुन आवश्यक रहेको उनको भनाई छ ।

‘सरकारले तत्काल महावीर पुनसँग संवाद गरेर सडकमा नभई संवादमा ल्याएर समस्या समाधान गर्नुपर्छ । सरकारले यस्तो विषयमा गम्भीरता राख्नुपर्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्