Logo

कार्यवाहक राष्ट्रपतिसँग सभामुख र राष्ट्रियसभा अध्यक्षको भेट



काठमाडौं,१७ वैशाख । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रतिनिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिष्टाचार भेट गरेका छन् ।

आइतबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको सो भेटमा उनीहरूबीच समसामयिक विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्