Logo

प्रमुख सचेतक लेखक र सुदूरका मुख्यमन्त्रीबीच भेटवार्ता, देशको राजनीति सुदूरपश्चिमबाट सुधार्ने उद्‍घोष



काठमाडौं, १७ बैशाख । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहबीच भेटवार्ता भएको छ।

आइतबार बिहान मुख्यमन्त्री शाहको कार्यालयमा सचेत लेखक र मुख्यमन्त्री शाह, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश देउवा, आर्थिक मामिला तथा योजना मन्त्री नरेश शाहीबीच भेटवार्ता भएको हो।

उनीहरुबीचको भेटमा सुदूरपश्चिमको समग्र विकास, समसमायिक राजीतिक घटनाक्रम, प्रदेश सरकार मन्त्रिपरिषद् विस्तार र अगामी बजेट निर्माणको विषयमा छलफल भएको मुख्यमन्त्री शाहको सचिवालयले रिपोर्टर्स नेपाललाई जानकारी दिएको छ।

गृहजिल्ला कञ्चपुरजाने क्रममा आजमात्रै कैलाली पुगेका सचेतक लेखक मुख्यमन्त्रीको आग्रहमा धनगढीस्थित मुख्यमन्त्री कार्यालय पुगेका थिए।

सो क्रममा सचेतक लेखकले सुदूरपश्चिममा पहिलो पटक कांग्रेसले प्रदेश सरकारको नेतृ्त्वा पाएको र समयमा सुदूरपश्चिमको विकासका लागि कुनै पहलकदमी बाँकी नराख्न मुख्यमन्त्री शाहलगायतका मन्त्रीहरुलाई आग्रह गरेका थिए। उनले प्रदेश सरकारले सक्ने विकास आयोजनाहरु प्रदेश सरकारले नै निर्माण गर्नुपर्ने र ठूला विकास आयोजनाहरुको लागि केन्द्र सरकारसँग माग गर्न केन्द्रबाट आफू लागिपरेको र अझ लाग्ने प्रतिवद्धता जनाएका छन्।

यस्तै, मुख्यमन्त्री शाहले प्रदेशको समग्र विकासका लागि भर्खरै नयाँ नेतृत्व पाएको बजेट निर्माणमा आफूहरु जुटिरहेको बताएका छन्। उनले यसपटक प्रदेशका योजनाहरु भनसुनबाट नभइ प्रकियागत ढङ्गबाट आएका योजनाहरुलाई समावेश गर्ने तयारी गरेको जनाएका छन्।

यसक्रममा मुख्यमन्त्री शाहले गत निर्वाचनपश्चात गठबन्धन सरकारको सुरुवात सुदूरपश्चिमबाट नै सुरुवात गरेको बताउँदै देशको राजनीति, सरकार गठन र विघटनका प्रकियाहरु सुदूरपश्चिम प्रदेश सरकारबाट नै सुधारको सुरुवात गरेर देखाउने उद्‍घोषसमेत गरेका छन्।



प्रतिक्रिया दिनुहोस्