Logo

निरा हत्या प्रकरण : प्रहरीले आज पत्रकार सम्मेलन गर्दै



काठमाडौं, १७ बैशाख । काठमाडौंको कपन सरस्वतीनगरकी हत्या व्यवसायी निरा आचार्यको हत्या बारेमा प्रहरीले पत्रकार सम्मेलन गर्ने भएको छ।

हत्या गरिएको आचार्यको घटनामा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार पत्रकार सम्मेलन गर्ने भएको हो।

घटनामा हत्या आरोपितलाई पक्राउ गरिएर काठमाडौं ल्याइएको छ, सिआइबीले सो विषयमा आजै पत्रकार सम्मेलनको आयोजना गर्ने तयारी गरेको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले रिपोर्टर्स नेपालले बताएका छन्।

मृतक आचार्यको वैशाख ७ गते दिउँसो पौने ३ बजेतिर उनकै पसलमा हत्या भएको थियो।

साढे ३ बजेतिर शव फेला परेपछि प्रहरी घटनास्थलमा पुगेको थियो। निरामाथि कम्तिमा पनि १८ पटक धारिलो हतियार प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धान थियो।

उक्त घटनाका आरोपति विनोद विकलाई प्रहरीले झापाबाट पक्राउ गरेको हो।



प्रतिक्रिया दिनुहोस्