Logo

परराष्ट्रमन्त्री साउदको पहिलो विदेश भ्रमण बेलायत हुने



काठमाडौं, १७ बैशाख । परराष्ट्रमन्त्री नारायणप्रकाश(एनपी) साउदको पहिलो विदेश भ्रमण बेलायतबाट हुने भएको छ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेल जाने भनिएको बेलायत भ्रमणमा राष्ट्रपति पौडेल अस्वस्थ भई भारत गएपछि परराष्ट्रमन्त्री साउद जाने तय भएको हो।

परराष्ट्रमन्त्री साउद बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन जाने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।

वैशाख २३ गते (मे ६ तारिख) मा बेलायती राजाले राज्याभिषेक गर्दैछन्।

तर, उनको स्वास्थ्य प्रतिकूलताका कारण परराष्ट्रमन्त्री साउद बेलायत जाने कार्यक्रम निर्धारण गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्