Logo

वीर अस्पतालको छतको पर्खाल भत्किँदा चार जना घाईते



काठमाडौं,१७ वैशाख । लगातार रुपमा पानी परेपछि वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किएको छ ।

निरन्त रुपमा भईरहेको वर्षाको कारण पुरानो ईंट्टा मक्किएर छतको पर्खाल भत्किएको हो ।

अस्पतालका अनुसार पर्खालबाट केही ईंट्टा खसेर तल कोरिडोरमा हिँड्नेहरुलाई लागेको थियो । ईंट्टाले लागेर ४ जना घाईते भएका छन् । तल्लो तल्लाको टिनमा ठोक्किएर तल खसेकाले गम्भीर चोट भने नलागेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्