Logo

थप ६० जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं,१७ वैशाख । पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४७३ नमुनामध्‍ये २७२ जनाको पीसीआर परीक्षण गर्दा २२ जना र १ हजार २०१ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ६० जनामा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३२८ जना पुगेको छ भने संस्थागत आईशोलेशनमा २८ जना, आईसीयूमा ९ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।



प्रतिक्रिया दिनुहोस्