Logo

बजेट कम भएको भन्दै मन्त्री ज्वाला भन्छन् : बिहान खाँदा साँझ नपुग्ने, साँझ खाँदा बिहान नपुग्ने



काठमाडौं, १७ बैशाख । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बजेट कम भएको भन्दै गुनासो पोखेका छन्।

पेशागत महासंघ नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै जेट कम भएको भन्दै गुनासो पोखेका हुन्।

उनले भने, ‘हामी बजेट निर्माणको चटारोमा छौं। बजेट पनि कटौती पनि छ। कटौती भएको कन्फर्टेबल बजेट सिलिङ हुन्थ्यो भने यति धेरै प्रेसर हुँदैन थियो होला। यता ताने उता मिल्दैन, उता ताने यता मिल्दैन। गरिबी जस्तो भएको छ। बिहान खाँदा साँझ नपुग्ने साँझ खाँदा बिहान नपुग्ने जस्तो भएको छ।’

यस पटक धेरै बजेट काटिएको बताउँदै उनले भने, ‘अर्थतन्त्रमा खराब सूचकांकहरु छन्। त्यसको मारमा बजेट परेको छ। बजेट मारमा पर्नु भनेको हाम्रा प्रोजेक्टहरु, योजना, कार्यक्रम मारमा पर्नु हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यस पटक सबैभन्दा धेरै कटौती गरिएको छ। १ सय ६७ अर्ब अहिलेको आर्थिक वर्षमा थियो भने आगामी आर्थिक वर्षमा १ सय १३ अर्ब मात्रै बजेट सिलिङ दिइएको छ। त्यसैले अत्यन्त कठिन छ बजेट बनाउन। धेरै मागहरु सम्बोधन गर्न कठिन छ।’



प्रतिक्रिया दिनुहोस्