काठमाडौं, १७ बैशाख । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले आयुर्वेद चिकित्सा अध्ययन र अभ्यासलाई वैज्ञानिक ढंगले अघि बढाउन अनुरोध गरेका छन्।
प्रथम राष्ट्रिय आयुर्वेद एचिभमेन्ट अवार्डलाई आइतबार सम्बोधन गर्दै उनले आयुर्वेद चिकित्सा अध्ययन र अभ्यासलाई वैज्ञानिक ढंगले अघि बढाउन अनुरोध गरेका हुन्।
उनले भने, ‘आयुर्वेद चिकित्सा अध्ययन र अभ्यासलाई वैज्ञानिक ढंगले अघि बढाउनहुन तपाईंहरूलाई हार्दिक अनुरोध गर्दछु। जडिबुटीको खानी मुलुकमा आधाभन्दा बढी आयुर्वेद औषधि बाह्य मुलुकबाट ल्याउनुपर्ने अवस्था हुनु आफैंमा विडम्बना हो। यसर्थ, सबै औषधि उद्योगी, व्यवसायीहरूलाई नेपालका जडिबुटी एवं स्रोत, साधन प्रयोग गरी आयुर्वेद औषधिमा आत्मनिर्भर मात्र नभई निर्यातसमेत गर्नेगरी लगानी र उत्पादन गर्नेगरी देशको आर्थिक क्षेत्रमा समेत टेवा पुग्नेछ भन्ने विश्वास लिएको छु। विश्वसामूमा हर्बल मेडिसिन, योग, आयुर्वेद चिकित्सा, पञ्चकर्मजस्ता विषयहरुमा आकर्षण बढिरहेको छ।’