Logo

१० लाख ३० हजार हेक्टर कृषियोग्य जमिन बाझो छ : मन्त्री भुसाल



काठमाडौं, १७ बैशाख । कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा बेदुराम भुसालले १० लाख ३० हजार हेक्टर कृषियोग्य जमिन बाँझो रहेको बताएका छन्।

अखिल नेपाल किसान महासङ्घले ७३औँ स्थापना दिवसमा मन्त्री भुसालले उत्पादन वृद्धि गर्नका लागि बाँझो जमिनमा खेतीपातिको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए। त्यसका लागि सरकारले सम्बन्धित कृषकलाई सहुलियत उपलब्ध गराउने नीति तथा कार्यक्रम ल्याउने उनले जानकारी दिए।

कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै मन्त्री भुसालले भने, “यो क्षेत्रमा व्याप्त समस्याका कारण कृषि अपहेलित छ।” कूल ५१ अर्बको बजेटमध्ये ३१ अर्ब मलमा, १२ अर्ब स्थानीय र प्रदेशमा तथा आठ अर्ब कर्मचारीको तलबमा खर्च हुने गरेको जानकारी दिँदै उनले किसानलाई सहयोग गरी यस क्षेत्रको विकास गर्न थप बजेट व्यवस्थापन गर्नुपर्ने बताए।



प्रतिक्रिया दिनुहोस्