Logo

वर्षा सुरु भएपछि नेपाल र यूएईबीचको खेल रोकियो



काठमाडौं, १८ वैशाख । । एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएईबीचको खेल पानी परेसँगै रोकिएको छ । जारी खेलमा नेपालविरुद्ध खेलिरहेको यूएई लगातार विकेट गुमाएसँगै संकटमा परिरहेको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले १६ ओभरमै मात्र ६० रन बनाएर ५ विकेट गुमाईसकेको छ ।

नेपालका लागि करण केसीले दुई तथा सोमपाल कामी,सन्दीप लामिछाने र ललित राजवंशीले एक एक विकेट लिएका छन् ।

आजको खेलमा यूएईलाई पराजित गरे नेपालले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ । केहीदिन देखि लगातार पानी परिरहेका ले आजको खेल पनि अवरुद्ध हुने सम्भावना छ । तर, आज पुरै खेल हुने अवस्था नदेखिए भोलि फाइनलका लागि रिजर्भ डे राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्