Logo

रास्वपा केन्द्रीय समिति बैठक जारी



काठमाडौं, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । आज विहान ११ बजेदेखि काठमाडौंको बसुन्धारास्थित केन्द्रीय कार्यालयका बैठक सुरु भएको हो ।

आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने कि कायमै राख्ने भन्ने बारेमा निर्णय गर्ने छ । रास्वपाले आफूहरु सरकारमा सहभागी हुन न्यूनतम साझा कार्यक्रममा आफ्ना मागहरु समेटिनु पर्ने र न्यूतम पनि पहिला पाएका मन्त्रालय पाउनु पर्ने बताएको छ ।

साथै, नवनिर्वाचित रास्वपा सांसद डा. स्वर्णिम वाग्लेले अहिलेको सरकारलाई असक्षम सरकारको संज्ञा दिएका थिए । उनले असक्षम सरकारलाई बोकिराख्नुको कुनै औचित्य नभएको बताउँदै आएका छन् । यस आधारमा पनि रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना प्रवल छ ।



प्रतिक्रिया दिनुहोस्