Logo

रविले गृह मन्त्रालय खोज्नु अस्वभाविक होइन– प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, १८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गृहमन्त्रालय खोज्नु स्वभविक भएको बताएका छन् । चितवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने र सरकारमा सहभागी हुनका लागि छलफल भइरहेको बताए ।

‘मैले हिजो गरेको कुरा अनुसार उहाँ (रवि) ले सरकारलाई दिएको समर्थन फिर्ता पनि लिनुहुन्न । सरकारमा आउने बारेमा छलफल चलिराखेको छ । उहाँले पनि आफ्नो पार्टीमा सल्लाह गर्ने र मैले पनि गठबन्धनमा सल्लाह गरेर केही दिनमा भेटेर टुंगोमा पुग्ने भन्ने भएको हुनाले अहिले समर्थन फिर्ता लिने स्थिति मैले देखेको छैन ।
उहाँले पहिलाको मन्त्रालय खोज्नु अस्वभाविक होइन । उहाँ त्यसैमा अडिनु हुन्छ भन्ने पनि मलाई लाग्दैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्