Logo

एमाले सांसद कोइरीलाई पक्राउ गर्न सहयोग माग्दै प्रहरीले लेख्यो संसद् सचिवालयलाई पत्र



काठमाडौं,१८ वैशाख । महोत्तरी -१ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालको तर्फबाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न सहयोग माग माग्दै  नेपाल प्रहरीले संघीय संसद् सचिवालयलाई पत्र लेखेको छ ।

सचिवालयलाई प्रहरी प्रधान कार्यलयले दास्रो पटक पत्र लेखेको हो ।

यसअघि गत पुस ७ गते पहिलोपटक पत्र लेखेर फरार सांसद कोइरीलाई पत्राउ गर्न सहयोग मागेको थियो तर उक्त पत्र प्रतिनिधिसभा नियमावली -२०७९ बन्नु भन्दमा अगाडि आएकाले नयाँ नियमावली अनुसार स्वीकार गर्न नसकिने संसद सचिवालय र सभामुख देवराज घिमिरेको भनाइ सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले कोइरी फरार रहेको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाएको हो ।

२०७२ भदौ २५ गते मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक थमन बिकलाई घेरा हाली कुटपिट गरी हत्या गरेको घटनामा महतोविरुद्ध कर्तव्य ज्यान मुद्दा जिल्ला अदालत महोत्तरीमा विचाराधीन छ ।

मुद्दा विचाराधीन रहेकै अवस्थामा कोइरीले गएको मंसिर ४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई झण्डै २ हजार मतान्तरले पराजित गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्