Logo

मजदुरहरुले हड्ताल गर्नपर्ने युग हामीले अन्त्य गर्यौंः केपी ओली (फोटोफिचर)



काठमाडौं, १८ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारको पालामा श्रमिकको हक हितमा उल्लेख्य काम भएको बताएका छन् ।
आज १३४औं अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरुले आईएलओको सिद्धान्त बमोजिम तीन पक्ष बसेर सौदाबाजीको आधारमा समस्या समाधानको  युगको सुरुवात गरेको बताएका हुन् ।

‘हामीले हाम्रो देशमा समान कामको समान ज्याला, वर्किङ हावरर्स आदिको सन्दर्भमा हामीले उपलब्धी हासिल गरेका छौं । आईएलओको सिद्दान्त अनुसार तीनै पक्ष बसेर सौदाबाजीको कुरा र तीनै पक्ष बसेर समस्याको समाधान गर्ने कुराले स्वभाविक रुपमा नेपालको हड्तालको युगकै अन्त्य भएको जसरी शान्तिपूर्ण ढंगको नयाँ सौदाबाजीको युगको सुरुवात गरेका छौं,’– उनले भने । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्