Logo

महावीर पुन र सरकारबीच आजपनि वार्ता हुने



काठमाडौं,१८ वैशाख । विभिन्न ४ मागसहित ४ दिनदेखि माइतिघर मण्डलामा धर्ना आन्दोलनमा बसेका महावीर पुन र नेपाल सरकारबीच आजपनि वार्ता हुने भएको छ ।

दिउँसो ४ बजे हुने वार्ता सिंहदरबारस्थित रक्षा मन्त्रालयमा हुनेछ ।

हिजो भएको पहिलो वार्तामा कुनै ठोस सहमती नभएपछि पुनः आज दोस्रो चरणको वार्ता हुन लागेको हो ।

सरकारले हिजो पुनसँग वार्ता गर्ने जिम्मा उपप्रधान रक्षा तथा कानून मन्त्री पूर्णबहादुर खड्कालाई दिएको छ ।



प्रतिक्रिया दिनुहोस्