Logo

रवि शक्तिमा फर्किए, दलको नेता चयन



काठमाडौं,१८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति एवं सांसद रवि लामिछाने चयन भएका छन्।

रास्वपाको आज बसेको संसदीय दलकोे बैठकले सर्वसम्मत्  रुपमा लामिछानेलाई दलको नेता चयन गरेको हो ।
रास्वपाको आज बसेको केन्द्रीय कमिटी बैठकले लामिछानेलाई सर्वसम्मत्  दलको नेता चयन गर्न निर्देशन दिएको थियो ।
वैशाख १० मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा चितवन -२ बाट ५४ हजार १ सय ७६ मतसहित निर्वाचित लामिछाने यसअघि पनि पार्टीको संसदीय दलको नेता थिए ।

तर, सर्वोच्च अदालतले माघ १३ गते नागरिकता बिवादमा दोषी ठहर गर्दै उनको सांसद पद खारेज गरिदिएपछी उनी उक्त जिम्मेवारीबाट हटेका थिए ।

सर्वोच्चको फैसलापछि तत्कालिन सरकारमा उपप्रधान तथा गृहमन्त्रीको रुपमा सहभागी लामिछाने उक्त जिम्मेवारीबाट हट्न बाध्य भएका थिए ।

तर, वैशाख १० को उपनिर्वाचनमा शानदार मत हासिँल गर्दै विजयी भएपछि लामिछाने पुनः एकपटक शक्तिमा फर्किएका छन् ।

दलको नेतामा लामिछाने चयन भएसँगै सरकारमा जाने तयारी गरेका छन् ।

सरकारमा जान रास्वपाले राखेको सर्तमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लचक भएपछि रास्वपाले सरकारमा जान इच्छा देखाएको हो । उक्त विषयको छिनोफानो शुक्रबार बस्ने बैठकले गर्नेछ ।

 



प्रतिक्रिया दिनुहोस्