Logo

राष्ट्रपति पौडेललाई गगनको सुझावः ‘उपचार खर्च राज्यबाट नलिनुस्’



काठमाडौं, १८ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैंले व्यहोर्नुपर्ने बताएका छन् । आज (सोमबार) १३४औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले राष्ट्रपति पौडेलको उपचार खर्च राज्यकोषबाट व्यहोर्दा नागरिक र उनीबीचमा विभेद हुने बताए ।

राज्यका उच्च पदस्थ व्यक्तिहरुले राज्यकोषबाट उपचार खर्च पाउने र नागरिकले चाहीँ आफ्नै खर्चले उचार गराउन पर्ने अवस्थाको अन्त्य गर्न आवश्यक रहेकोसमेत उनले बताए । उनले राष्ट्रपति पौडेललाई आफ्नो उपचार खर्च राज्यकोषबाट नलिनसमेत आग्रह गरे ।

राष्ट्रपति पौडेल भारतमा उपचार गराएर हिजो (आईतबार) नेपाल फर्किएका हुन् । File Photo/Reporters Nepal 

 

 

 



प्रतिक्रिया दिनुहोस्