Logo

गुल्सन बने यूएईविरुद्धको फाइनल खेलको ‘म्यान अफ द म्याच’



काठमाडौं,१९ वैशाख । एसीसी कप क्रिकेट विजेता टोली नेपालका बायाँहाते बलर गुल्सन झा फाइनल खेलको ‘म्यान अफ द म्याच’ घोषित भएका छन् ।

आज भएको यूएईविरुद्धको फाइनल खेलमा आक्रमक ब्याटिङ गर्दै नेपाललाई एसिया कपमा छनोट गराउन सफल झा म्यान अफ द म्याच बाट सम्मानित भएका हुन् ।

आजको खेलमा ८४ बल सामना गरेर नटआउट रहँदै ६७ रनको अर्धशतकीय पारी खेलेका थिए । उनले ६ छक्का र ४ चौका प्रहार गर्दा यूएई उपाधिविहिन बन्न बाध्य भएको थियो । उनी आजको खेलमा नेपालको लागि नायक सावित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्