Logo

एमालेलाई बदनाम गर्न महालेखा लागेको अध्यक्ष ओलीको आरोप



काठमाडौं,१९ वैशाख । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले महालेखा परीक्षकको कार्यालय एमालेलाई बदनाम गर्न लागि परेको आरोप लगाएका छन् ।

आज (मंगलवार) एमालेले सञ्चालन गरेको दुई महिने मिसन ग्रासरुट कार्यक्रमको समिक्षामा भएको कार्यक्रममा बोल्दै ओलीले विकासलाई देख्न नचाहने विकास विराधी तत्वहरुले एमालेको बदनाम गर्नु आपत्तिनक रहेको बताएका छन् ।

महालेखा परीक्षकको कार्यालयले आफ्नो वार्षीक प्रतिवेदनमा  झापाको दमकमा निमार्ण गरिएको भ्यू टावर किन बनाएको भनेर प्रश्न सोधेको भन्दै आपत्ती जनाएका हुन् ।

‘हाम्राविरुद्ध प्रतिकृयावादी तत्वले हमला गरेको छ, जनतामा भ्रम फिजाउने काम गरेको छ’, अध्यक्ष ओलीले भने, ‘महालेखा परीक्षकको प्रतिवेदन हेर्दा म छक्क परेँ, हिसावकिताव होइन, दमकमा एउटा विशाल विजनेश कम्प्लेक्स बनाइएको छ । साढे ७ रोपनी जमिनमा १८ तला भवन बनेको छ ।’
‘त्यहाँ मेडिकल कलेज चलाउने हो भने अट्छ, क्याम्पस चलाउने हो भने दुईवटा चलाउन सकिन्छ । तर महालेखा परीक्षक हिसाब हेर्ने होइन बरु हिसाब नगरी त्यत्रो पैसा लगानी गरेर भवन बनाउने हो ? यो गलत हो भन्छ’, ओलीको भनाइ छ ।

उनले महालेखाले सरकारले कुन काम गर्छ भनेर हेर्र्ने नभई हिसाब गर्नेमात्र भएको बताए । ‘सरकारले कुन काम गर्छ र ? कुन योजना बनाउछ, कसरी विकास गर्छ ? भन्ने महालेखा परीक्षकको काम होइन ?  हिसाबमात्र हेर्ने काम हो । पण्डित त हिसाब हेर्न छोडेर एमालेकाविरुद्ध पछिपछि पो लागेछन् । यो भन्दा अघि पनि त्यसै गरेका छन् । एमालेविरोधी तत्त्व जसरी हुन्छ एमालेको बदनाम र विरोध गर्छ’, ओलीले आक्रोश पोखे ।   file photo /Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्