Logo

रवि लामिछानेका चालक थापाको आजै अन्त्येष्टि गरिने



काठमाडौं,१९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा(शम्भु)को आजै अन्त्येष्टि गरिने भएको छ ।

रास्वपा केन्द्रीय सदस्य दीपक बोहोरा अनुसार सबै प्रक्रिया पुरा गरेर उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी भईरहेको छ ।

चुनाव प्रचारप्रशारको क्रममा चितवन पुगेका थापा गत वैशाख ४ गते राती लामिछानेको घरको छतबाट खसेर अचेत अवस्थामा फेला परेका थिए ।

अचेत अवस्थामै काठमाडौं ल्याइएकोमा आज उनको ललितपुरको मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्