Logo

प्रचण्डलाई माधव नेपालको चेतावनी



काठमाडौं, २० वैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा (माओवादी केन्द्र) ले आफ्नो पार्टीलाई सम्मानजनक व्यवहार नगरेको बताएका छन् ।

आज (बुधबार) विरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ताको दम्भ देखाउन थालेको बताएका हुन् ।

‘माओवादी पार्टीको व्यहारबाट हाम्रा साथीहरु धेरै दुःखित् हुनुहुन्छ । दम्भ र घमण्डले रावण जन्मायो । अर्को रावण जन्माउने काम नगर्नुस्,’– प्रधानमन्त्री प्रचण्डलाई लक्षित गर्दै उनले भने । File Photo/Reporters Nepal 

 

 

 



प्रतिक्रिया दिनुहोस्