Logo

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन रास्वपाको शर्तैशर्त



काठमाडौं, २० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुन विभिन्न शर्तहरु अगाडि सार्दै आएको छ । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै रास्वपाका प्रभावशाली नेता एवं पूर्व शिक्षामन्त्री शिशिर खनालले आफूहरुको शर्तमा गठबन्धन दल सहमत नभए सरकारमा जानुको कुनै औचित्य नहुने उनले बताए ।

‘पहिलो त हामीले उठाएका एजेण्डाहरु सम्बोधन हुन्छ कि हुँदैन ? मुख्य गरेर भ्रष्टाचारसँग सम्बन्धित कुनै पनि कालखण्डका फाइलहरु खोल्न पाउनुपर्छ भनेर हामीले अघिल्लो न्यूनतम साझा कार्यक्रममा पनि राखेका थियौं । अहिले हटाइयो । त्यो कुरा हुन्छ कि हुँदैन । हामी सरकारमा गइसकेपछि हामीले स्वतन्त्र रुपमा काम गर्न पाउँछौं कि पाउँदैनौं ? इन्टरफियर भइराख्ने र हामीले सोचेजस्तो काम गर्न नपाउने हो भने त्यहाँ जानुको अर्थ रहँदैन । हामीले खोजेकाजस्ता मन्त्रालय जहाँ चाहिँ हामीले डेलिभरी गर्नसक्छौं । अघिल्लो सहमतिमा टेकेर हामीले अगाडि बढ्छौं कि बढ्दैनौं भन्ने कुरा महत्वपूर्ण छ,’– खनालले भने ।



प्रतिक्रिया दिनुहोस्