Logo

खेलकुदमन्त्री लिम्बुले गरे पदभार ग्रहण



काठमाडौं, २१ बैशाख । नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले पदभार ग्रहण गरेका छन्।

बिहीबार राष्ट्रपति निवासबाट शपथ ग्रहण गरे लगत्तै सिंहदरबारस्थित् मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहण लगतै सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लिम्‍बुले सबैको सल्लाह र सुझावका आधारमा काम गर्ने बताए।

उनले मन्त्रालयबाट आवश्यक कानून बनाएर युवा तथा खेलकुद क्षेत्रलाई पूर्ण बनाउनका लागि ध्यान केन्द्रित गर्ने बताए।

यस्तै, उनले खेल क्षेत्रको साधन स्रोत र खेलाडीको सेवा सुविधालाई सम्मानजनक अवस्थामा पुर्याएर यस क्षेत्रलाई अघि बढाउन प्रयास गर्ने बताए।



प्रतिक्रिया दिनुहोस्