Logo

सिटिजन लाइफको वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं, २१ बैशाख । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको छैठौं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ। सभा कम्पनीको प्रधान कार्यालय एलएस कम्प्लेक्स थापाथलीमा सम्पन्न भएको हो।

सभाले कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोनाको रोकथाम तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित् कोषमा कम्पनीको तर्फबाट गरिएको योगदान बापत ७ लाख रुपैयाँ कम्पनी ऐन २०६३ बमोजिम अनुमोदन गर्नेलगायतका प्रस्तावहरु पारित गरेको छ।

साथै, सभाले अध्यक्षको मन्तब्यसहित संचालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८/७९ को वासलात, हिसाब, नाफा, नोक्सान, आयव्यय, इक्युटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धीत अनुसूचीहरुसहितको वित्तीय विवरणमा छलफल गरी पारित गरेको कम्पनीले जनाएको छ।

त्यस्तै, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि कम्पनीको लेखापरीक्षक नियुक्त गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने र वर्तमान लेखापरीक्षक श्री जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्टस् पुनः नियुक्तीका लागि योग्य हुने प्रस्ताव पारित गरेको छ।



प्रतिक्रिया दिनुहोस्