Logo

नक्कली भुटानी शरणार्थी प्रकरण : थप तीन जनामाथि पक्राउ पुर्जी



काठमाडौं, २२ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

काठमाडौं जिल्ला अदालतले केशव तुलाधर, हरिभक्त महर्जन र लक्ष्मी महर्जनको नाममा अदालतबाट पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीले यसअघि घटनामा संलग्न आरोपमा उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डेसहित ८ जनालाई अनुसन्धानका लागि हिरासतमा राखेको छ।

आरोपीविरुद्ध प्रहरी परिसर काठमाडौँले सङ्गठित ठगी मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्