Logo

आजपनि प्रचण्डलाई भेट्दै ओली, टोपबहादुरको बारेमा कुरा गर्लान त?



काठमाडौं, २२ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी सचिव टोपबहादुर रायमाझी मुछिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आज(शुक्रबार)पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने भएका छन्।

अध्यक्ष ओलीले हिजो(बिहीबार)पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेर सचिव रायमाझीको बारेमा कुरा गरेको बताइएको थियो। उनले भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नक्कली भुटानी शरणार्थीबारे निर्दोष पर्न नहुने र दोषी उम्किनु नहुने बताएका थिए।

यसैबीच अध्यक्ष ओलीले आजै दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डलाई भेट्ने कार्यक्रम तय भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

आजको भेटवार्ताको एजेण्डाबारे कुनै जानकारी नभएको प्रधानमन्त्रीको सचिवालयले प्रतिक्रिया दिएको छ। तर, प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच नक्कली शरणार्थी प्रकरणमा मुझिएका आफ्ना पार्टी सचिव रायमाझीको बारेमा कुरा हुने बताइएको छ।

सो प्रकरणमा सचिव रायमाझीमाथि जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरिसकेको छभने उनका छोरा सन्दीप रायमाझीलाई बिहीबार प्रहरीले पक्राउगरि थप अनुसन्धानका लागि अदालतबाट हिजो नै ३ दिनको म्याद थप गरिसेको छ।

रायमाझी हालसम्म प्रहरीको फरार सूचीमा रहेका छन्।

file photo



प्रतिक्रिया दिनुहोस्