Logo

हाम्रो नाम ३२ सिटे छ, एकपटक गर्जियौं भने नेपाल कब्जा हुन्छ : प्रचण्ड



काठमाडौं, २३ बैशाख। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले आफ्नो पार्टीको नाम नै ३२ सिटे रहेको बताएका छन्।

शनिबार नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीको नाम ३२ सिटे रहेको र एक पटक गर्जियौं भने नेपाल कब्जा हुने दाबी गरेका हुन्।

सरकारले गलत प्रवृत्तिका विरुद्ध दृढताका साथ काम गर्दै जाने हो भने त्यसको पक्षमा ठूलो फौज तयार हुने र भविष्यमा बहुमत ल्याउन सक्ने बताउँदै उनले भने, ‘३२ सिटे, हाम्रो नाम त्यस्तो भएको छ। एक पटक हामी फेरि गर्जियौं भने ३२ सिट बहुमत सिटमा पुग्छ र नेपाल कब्जा हुन्छ। खाली एकतावद्ध भएर गर्जिने आवश्यकता मात्र हो।’



प्रतिक्रिया दिनुहोस्