Logo

बेलायती राजाको राज्याभिषेक



एजेन्सी । बेलायतका राजाको आज राज्याभिषेक भएको छ। राजा चार्ल्स तृतीय नयाँ राजा बनेका छन्।

उनकी पत्नी रानी क्यामिलाले पनि उनीसँगै ताज पहिरिएकी छिन्।

राजा चार्ल्स तृतीय र रानी क्यामिलालाई बेलायतको वेस्टमिन्स्टर एबे चर्चमा ताज पहिराइएको थियो।

बेलायती राजपरिवारमा ७० वर्षपछि यस्तो भएको हो। यसअघि सन् १९५३ मा महारानी एलिजाबेथलाई ताज पहिराइएको थियो।

राजा चार्ल्सको ७४ वर्षको उमेरमा राज्याभिषेक भएको छ।



प्रतिक्रिया दिनुहोस्