Logo

सिडेनको अधिवेशन जेठ १३ मा



काठमाडौं, २५ बैशाख । नेपाली कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)को सातौं अधिवेशन आगाामी जेठ १३ गते हुने भएको छ।

सिडेनको केन्द्रीय कार्यकारिणी समितिको आइतबार बसेको बैठकले जेठ १३ गते सातौं अधिवेशन गर्ने निर्णय गरेको हो।

यसअघि फागुन १३ गतेका लागि तय भएको अधिवेशन पार्टीको निर्देशन अनुसार सरेको थियो।

सिडेनका अध्यक्ष उमेश थानीले यसअघि फागुन १३ गतेका लागि तय भएको अधिवेशन पार्टीको निर्देशन अनुसार सरेको बताएका छन्। ‘हामी डाइरेक्ट इलेक्सन पद्धतिमा जान्छौं। काठमाडौंसहित १२ ठाउँमा मतदान केन्द्र रहन्छ। आगामी जेठ १३ गते सिडेनको अधिवेशन गर्ने निर्णय भएको छ,’ उनले भने।



प्रतिक्रिया दिनुहोस्