काठमाडौं, २५ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कटाक्ष गर्दै पूरै फिल्म देखाउन आग्रह गरेका छन्।
सोमबार पार्टी कार्यालय च्यासलमा युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही दिन अगाडि एक कार्यक्रममा भ्रष्ट्राचारीहरुलाई कारवाहीका गर्नका लागि अहिले पक्राउ परेका केही व्यक्तिहरु ट्रेलर मात्र भएको र पूरै फिल्म आउन बाँकी रहेको बताएका प्रधानमन्त्री प्रचण्डलाई पूरै फिल्म देखाउन आग्रह गरेका हुन्।
उनले प्रचण्डलाई लक्षित गर्दै भने, ‘उहाँलाई कार्यकर्ताले दुवोका माला लगाइदिए। त्यसपछि भन्नुभयो, यो त ट्रेलर मात्रै हो। फिल्म आउँदैछ। सिंगै फिल्म आउँदैछ भन्नुभयो। तपाईंको सिनेमाहलमा फिल्म कहिलेदेखि लाग्छ प्रचण्डजी? अन्त त धुमधाम भइसक्यो। सँधै टेलर मात्र किन सिनेमा चलाउनुस। किन हल रित्तै? किन ताला लाग्या छ? सञ्चारमाध्यममा फिल्म आइराख्या छ, तपाईं किन चुप? देखाउनुस त फिल्म।’