Logo

लोकसेवाको डेटा रिकभर हुँदैन भने जिम्मेवार निकायलाई कारबाही होस् : डाँगी



काठमाडौं, २६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद निशा डाँगीले लोकसेवा आयोगको डेटा रिकभर नभएर जिम्मेवार निकायलाई कारबाहीको माग गरेकि छिन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद् डाँगीले डेटा रिकभार नभए सम्बन्धित निकायलाई कारबाहीको माग गरेकि हुन्।

२०७९ सालको मंसिर, पुस र माघ महिनामा लोकसेवा आयोगमा दरखास्त दिएका झन्डै चार लाख आवेदकको डेटा हराएको भन्दै डाँगीले भनिन्, ‘डेटा पुनः प्राप्तिको प्रयास गरेको दुई महिनाभन्दा बढी भइसक्दा पनि डेटा रिकभर नभएपछि लाजमर्दो तरिकाले आयोगले पुनः दरखास्त आह्वान गरेको छ। विश्वमा प्रविधिले यस्तो फड्को मारिरहँदा हाम्रो सरकारले चार लाख आवेदकको डेटा सुरक्षित राख्न सकिरहेको छैन। डेटा रिकभर हुँदैन भने जिम्मेवार निकायमा बसेकालाई कारबाही गरियोस्।’



प्रतिक्रिया दिनुहोस्