Logo

सोमबार भेटेका देउवा, ओली र प्रचण्डको मंगलबारपनि डेढ घण्टा लामो छलफल



काठमाडौं, २६ बैशाख । शीर्ष तीन दलका प्रमुख तीन नेताहरुबीच डेढ घण्टा लामो भेटघाट भएको छ।

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री प्रचण्डको सरकारी निवास बालुवाटारमा मंगलबार डेढ घण्टा लामो छलफल भएको हो।

सोमबारपनि संवैधानिक परिषद्‌ बैठकमा भेटघाट र छलफल भएको थियो। सो छलफलमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओलीका अलावा कांग्रेसबाट कानूनमन्त्रीको प्रतिनिधित्व गर्दै धनराज गुरुङ्, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानामगर रहेका थिए। सो बैठकमार्फत प्रधानन्यायाधिशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गर्ने सहमति भएको थियो।

सो लगत्तै आज(मंगलबार)पनि बिहानै शीर्ष तीन नेताहरु छलफलका लागि बसेका थिए।

छलफलमा भएका कुराहरु कुनै नेताहरुले सार्वजनिक नगरेपनि नक्कली भुटानी शरणार्थी प्रकरण, प्रधानन्यायाधिश, अगामि बजेट, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलगायतका विषयमा छलफल भएको आशंका गरिएको छ।

तर, प्रधानमन्त्रीको सचिवलायले भने सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमाथि मात्रै छलफल भएको बताएको छ।



प्रतिक्रिया दिनुहोस्